
२६ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद भीम रावलले हुम्लाको नाम्खा गाउँपालिका अन्तर्गतको नेपाल-चीन सीमा सम्बन्धमा स्थलगत अध्ययन गराएर सत्य तथ्य सार्बजनिक गर्न माग गरेका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै नेता रावलले नम्खाको लिमी लोलुङजङमा नेपाल र चीनको सीमा सम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउन माग गरेका छन् ।
उनले भनेका छन् –
‘हुम्लाको नाम्खा गा.पा., लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस् । देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाइयोस् ।’