थप ४ हजार ४७ जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • सोमवार, अशोज २६, २०७७

२६ असोज, काठमाडौं । नेपालमा थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ४ हजार ४७ जना संक्रमित थपिएको जानकारी दिएका छन् । अहिलेसम्म कुल एक लाख ११ हजार ८०२ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४ सय ७३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ७७ हजार २७७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६९।१२ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ५३० पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ११ लाख ९१ हजार ५१४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार ८३१ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १९ हजार ९५७ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ६७ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २७९ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा आज २२ सय ८३ संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज २२ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १८ सय ८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology