
२६ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन् ।
त्यस्तै मृत्यु हुने महिलामा काठमाडौँकी ७१ बर्षिय र चितवनकी ४० बर्षिय महिला रहेकी छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका २ जना ६३ र ६७ बर्षका पुरुष, सुनसरीका ३ जना ३७, ८९ र ९० बर्षका पुरुष, ललितपुरका ५० बर्षिय र रुपन्देहीका ७४ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।५८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।