कर्णालीको विवाद सुल्झाउन तीन शीर्ष नेताका तीन दूत सुर्खेतमा


  • Jaynepalnews
  • मङ्लबार, अशोज २७, २०७७

२७ असोज, काठमाडौं । नेकपा कर्णाली प्रदेशको विवाद मिलाउन शीर्ष तीन नेताका तीन दूत विरेन्द्रनगर सुर्खेत पुगेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीको विवाद राजधानी काठमाडौसम्म पुगेको छ ।

कर्णालीको विवाद मिलाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना दूत कर्णाली पठाएका छन् । दुवै पक्ष टकरावको पुगेपछि विवादलाई हल गर्न तीन नेताका तीन दूत मंगलवार विरेन्द्रनगर सुर्खेत पुगेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो दूतकारुपमा पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई पठाएका छन् भने कार्यकारी अध्यक्ष दाहालले स्थायी समितिका सदस्य तथा कर्णाली इन्चार्ज जनार्दन शर्मालाई पठाएका छन् । ज्ञवाली र शर्मा आज सुर्खेत पुग्ने तयारी गरेका छन् भने वरिष्ठ नेता नेपालले केन्द्रीय सदस्य निरज आचार्यलाई आइतवार नै सुर्खेत पठाइसकेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही पूर्वएमालेप्रति पूर्वाग्रही बन्दै आएका थिए । उनको पूर्वाग्रही स्वभावविरुद्ध पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ सांसदले कदम चालेका थिए । पार्टी संसदीय दलमा विस्वास गुमाएका शाही केन्द्रीय राजनीतिको सहारामा रहेका छन् । उनलाई हटाउदा अन्य प्रदेश प्रभावित हुने र पार्टी एकताको भावना खल्बलिने नेताहरुले बताएका छन् ।

अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु केन्द्रको निर्देशन नमान्ने पक्षमा उभिएका छन् । तर वरिष्ठ नेता नेपाल समुहका सांसदहरु भने मुख्यमन्त्रीको विकल्प खोज्नु पर्ने पक्षमा पुगेका छन् । पूर्वमाओवादीबाटै भएपनि नयाँ मुख्यमन्त्री आउँदा हामीलाई समस्या छैन हस्ताक्षरकर्ता सांसद कुर्मराज शाहीले भने तर महेन्द्रबहादुरको पूर्वाग्रही ब्यवहार सहन सकिदैन र केन्द्रको निर्णय पनि मानिदैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology