प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन : कमल थापा


  • Jaynepalnews
  • मङ्लबार, अशोज २७, २०७७

२७ असोज,  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणको लागि आह्वान गरेका छन् ।

अध्यक्ष थापाले सामाजिक संजालमा टिप्पणी गर्दै ब्रम्हलुट, सर्वसत्तावाद, धर्मपरिवर्तन, बिदेशी चलखेललाई पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउंदै सुशासन र समृद्धिको लक्ष्य हासिल प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प नरहेको बताएका छन् ।

उनले भनेका छन् –

‘ब्रम्हलुट, सर्वसत्तावाद, धर्मपरिवर्तन, बिदेशी चलखेललाई पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउंदै सुशासन/समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्त/प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन । वृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणको लागि आह्वान गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology