थप ३,५५६ जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • मङ्लबार, अशोज २७, २०७७

२७ असोज, काठमाडौं । नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ३ हजार ५५६ जना संक्रमित थपिएको जानकारी दिएका छन् । अहिलेसम्म कुल एक लाख १५ हजार ३५८ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १५ सय ४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ७८ हजार ७८० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६८ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १५ हजार ५७७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १२ लाख ७ हजार ९१ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार ७९५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १५ हजार ४८ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या २० हजार ८६७ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ६६ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर ३०७ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा आज २१ सय २९ संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज २१ सय २९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १७ सय ४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology