नेकपा सांसद सानु शिवा पहाडीको निधन


  • Jaynepalnews
  • बुधबार, अशोज २८, २०७७

२८ असोज, काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद सानु शिवा पहाडीको बुधबार बिहान निधन भएको छ ।

तत्कालिन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ सांसद शिवाको आज बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

केही वर्षअघि मृगौला प्रत्यारोपण गराएकी सांसद शिवाको मुटुमा समस्या आएपछि तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

सांसद शिवाको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमाफर्त दुख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन् , हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुस्ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology