थप २ हजार ६३८ जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • बुधबार, अशोज २८, २०७७

२८ असोज, काठमाडौं । नेपालमा थप २ हजार ६३८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २ हजार ६३८ जना संक्रमित थपिएको जानकारी दिएका छन् । अहिलेसम्म कुल एक लाख १७ हजार ९९६ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २१ सय ७४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ८० हजार ९५४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६८।६ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १२ लाख २१ हजार ३८ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार ६६६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या २१ हजार ५४८ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ७० जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर ३०५ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा आज १४ सय ३ संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज १४ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ९ सय ९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology