
२९ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा हेरफेर तथा केहि मन्त्री थपेका छन् ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री पदमा नेकपा महासचिव विष्णु पौडेललाई नियुक्त गरेका छन् । डा. युवराज खतिवडाको राजीनामापछि खालिरहेको अर्थ मन्त्री पदमा पौडेल दोस्रो पटक नियुक्त भएका छन् ।
त्यस्तै हाल महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रहेका पर्बत गुरुङलाई सञ्चार तथा सूचना मन्त्री बनाएका छन् ।
त्यस्तै गरि हाल उपप्रधानमन्त्री तथा रक्षा मन्त्री रहेका इश्वर पोखरेललाई मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी दिएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीमा नियुक्त गरेका छन् ।
त्यस्तै कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाइएको छ ।
नयाँ क्याबिनेटको सुची :