प्रधानमन्त्री ओलीको बाबुरामलाई जवाफ – त्यस्तो गैरजिम्मेवार हर्कत हामी गर्न सक्दैनौं


  • Jaynepalnews
  • शुक्रबार, अशोज ३०, २०७७

३० असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनामा अनियमितता गरेको आरोपको खण्डन गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको ६५औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै डा। भट्टराईको आरोपको खण्डन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही गैर जिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको बताउदै निर्णय नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको, कसले कसरी गर्छ भनेर टुंगो नभएको आयोजनामा पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल सरकारले भ्रष्टाचारविरुद सुन्य सहनशिलताको नीति लिएको भन्दै भने, ुकेही गैर जिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको छु । हामी त्यस्तो गैरजिम्मेवार र त्यति अनुत्त्तरदायी हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ ।’

प्रधानमन्त्री ओलीले भ्रष्ट्राचारविरुद्धको शुन्य सहनशीलता र कार्यान्वयनमा प्रहरीको मुख्य भूमिका हुने भन्दै उनले प्रहरीले यो कार्यन्वयन गर्न आफ्नो भूमिका खेल्नेमा विश्वस्त रहेको बताए ।

असोज २१ गते विहिबार गोर्खाको पालुङटार नगरपालिका–६ मा आयोजित कार्यकर्ता भेटघाटका क्रममा डा। भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology