यमलाल कंडेल समुहको प्रचण्डसंग भेटवार्ता


  • Jaynepalnews
  • शुक्रबार, अशोज ३०, २०७७

३० असोज, काठमाडों । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का कर्णाली प्रदेश सह(इन्चार्ज यमलाल कंडेल नेतृत्वको समुहले अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’संग भेटेको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने यमलाल कँडेल समूहले नेकपा अध्यक्ष पुष्पकमल प्रचण्डलाई शुक्तबार भेटेको हो ।

भेटमा प्रचण्डलाई कर्णालीमा भएको विवादबारे जानकारी गराइएको छ । कँडेलसहित मायाप्रसाद शर्मा र गुलाबजंग शाह खुमलटार पुगेका थिए । मुख्यमन्त्री शाही समूहले भने बिहीबार नै प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर विकसित घटनाक्रमबारे जानकारी गराएका थिए ।
शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि नेता नेपाल पक्षका सांसदहरु पछि हटेका छन् । तर, कँडेलले भने अविश्वासको प्रस्ताव फिर्ता भइनसकेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology