सांसद भीम रावलद्वारा कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गर्न माग


  • Jaynepalnews
  • आइतवार, कार्तिक २, २०७७

२ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद भीम रावलले कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन् ।

कोरोना महामारीका बेला सांसद तथा निर्वाचित जनप्रतिनिधिले दशैँ भत्ता लिएको भन्दै सामाजिक संजाल र मिडियामा आलोचना भइरहेका बेला नेता रावलले यस्तो बताएका हुन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै नेता रावलले आफ्नो खातामा दशैँ भत्ताको रकम आएको स्वीकार गरेका छन् । उनले आफ्नो खाताबाट भत्ताको रकम कट्टा गर्न आफ्नो मन्जुरी रहेको बताएका छन् ।

साथै नेता रावलले दशैँ भत्ताको रकम नलिन कुनै कानुन संशोधन या नयाँ कानुन बनाउन नपर्ने समेत बताएका छन् ।

उनले भनेका छन्-

खातामा भत्ताको रकम राखिएको थाहा पाइयो ।हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ ।मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ । दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु पर्दैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology