
३ कात्तिक, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्न भनेपछि कांग्रेसका नेता गगन थापाले संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य थापाले ट्वीटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सीधै भनिदिनुस्, सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उप्रान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’