
३ कात्तिक, काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कमिसन र भत्तामा डुबेको सरकार किन चाहियो भन्दै प्रश्न गरका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले आसेपासेहरू कमिसन/भत्ता डकारमा डुबेको यस्तो सरकार किन चाहियो भन्दै प्रश्न गरेका हुन् ।
उनले कोरोना उपचारखर्च आफै गर भन्ने, बेहोस भए मात्रै अस्पताल जाऊ भन्ने महिनौंदेखि स्कूल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर भन्ने सरकार नचाहिएको बताएका छन् ।
उनले भनेका छन् –
‘कोरोना उपचारखर्च आफै व्यहोर!वेहोस भए मात्रै अस्पताल जाऊ ! वेरोजगार श्रमिक रुँदै गाऊॅ फर्क ! भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क ! महिनौंदेखि स्कूल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर ! आसेपासेहरू कमिसन/भत्ता डकार ! यस्तो सरकार किन चाहियो ?