थप एक जना संक्रमितको मृत्यु


  • Jaynepalnews
  • सोमवार, कार्तिक ३, २०७७

३ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट सोमबार थप एक जनाको निधन भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बाग्लुङको बाग्लुङ नगरपालिका वडा नम्बर १३ की ४८ बर्षिय संक्रमित महिलाको मृत्यु भएको छ ।

निज महिला जिल्ला अस्पताल पर्बतमा आइतबार साँझ ७ बजे उपचारको क्रममा निधन भएको हो । उनको आइतबार नै कोरोना पुष्टि भएको थियो । उनलाई मधुमेहको समस्या रहेको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology