थप ३ हजार ७९० जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • सोमवार, कार्तिक ३, २०७७

३ कात्तिक, काठमाडौं । नेपालमा थप ३ हजार ७९० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ३ हजार ७९० जना संक्रमित थपिएको जानकारी दिएका छन् । अहिलेसम्म कुल एक लाख ३६ हजार २४६ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ३५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ९४ हजार ५०१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६९।५ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १५ हजार ७१४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १३ लाख ९१८ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ५५१ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या २६ हजार ९२७ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ६३ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २८२ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

काठमाडौँ उपत्यकामा आज २३ सय ८८ संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज २३ सय ८८ ना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २ हजार ८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology