कोरोनाबाट थप १८ सहित ७५७ जनाको मृत्यु


  • Jaynepalnews
  • सोमवार, कार्तिक ३, २०७७

३ कात्तिक, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप ३ हजार ७९० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ३ हजार ७९० जना संक्रमित थपिएको जानकारी दिएका छन् । अहिलेसम्म कुल एक लाख ३६  हजार २४६ संक्रमित पुगेका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकामा आज २३ सय ८८ ना कोरोना संक्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौं जिल्लामा २ हजार ८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology