भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण


  • Jaynepalnews
  • मङ्लबार, कार्तिक ४, २०७७

४ कात्तिक, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण भएको छ ।

मन्त्री नेम्बाङले सामजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

मन्त्री नेम्वाङले सोमबार गरेको पीसीआर परीक्षणमा आफूमा कोरोना पोजेटिभ देखिएको बताउदै आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न मन्त्री नेम्बाङले आग्रह गरेका छन् ।

मन्त्री नेम्वाङलाई आइतबार सामान्य ज्वरो आएपछि आज पिसिआर परिक्षण गरिएको बुझिएको छ ।

यस अघि पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology