संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता ल्याउन बाध्य पर्ने कार्यक्रम ल्याउन आग्रह


  • Jaynepalnews
  • मङ्लबार, कार्तिक ४, २०७७

४ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता ल्याउन बाध्य पर्ने कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै नेता थापाले सभापति देउवालाई कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन भन्दै संसदको बैठक राख्न बाध्य पार्नु पर्ने बताएका छन् ।

उनले भनेका छन्

‘सभापति शेरबहादुर देउवाज्यू, कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन । संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन । संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology