‘नो उपचार नो कर’ : प्रवक्ता शर्मा


  • Jaynepalnews
  • मङ्लबार, कार्तिक ४, २०७७

४ कात्तिक, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ‘नो उपचार नो कर’ अभियानको सामना गर्न तयार रहन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

सरकारले कोरोना संक्रमितको परिक्षण र उपचार नि: शुल्क नगर्ने निर्णय गरेपछि सामाजिक संजाल र मिडियामा चर्को आलोचना भइरहेका काँग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई सरकारले उपचार गर्दिन भन्दा जवाफमा जनताले कर तिर्दिन भने कसरी धान्नु हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले उपचार नि:शुल्क गर्ने घोषणा छिटो गर्न आग्रह गर्दै प्रवक्ता शर्माले गर्न अन्यथा ‘नो उपचार नो कर’ अभियानको सामना गर्न तयार रहन चेतावनी दिएका छन् ।

उनले भनेका छन् –

`उपचार गर्दिन´ सरकारले भन्दा जवाफमा जनताले `कर तिर्दिन´ भने कसरी धान्ने सम्माननिय  प्रधानमन्त्री केपी शर्मा ओलीज्यू  ? उपचार निशुल्क गर्ने घोषणा अविलम्ब गर्न विनम्र आग्रह स्वीकार गर्नोस् कि #NoTreatmentNoTax को बुलन्द जनअभियान सामना गर्न तयार बस्नोस् । जय नेपाल !

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology