थप ३ हजार ९३ जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • मङ्लबार, कार्तिक ४, २०७७

४ कात्तिक, काठमाडौं । नेपालमा थप ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ३ हजार ९३ जना संक्रमित थपिएको जानकारी दिएका छन् । अहिलेसम्म कुल एक लाख ३९ हजार १२९ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २१ सय ८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ९६ हजार ६०९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६९।४ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ८६१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १३ लाख १४ हजार ७७९ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार २२० जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ५५९ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या २८ हजार १९६ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ७८ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २७३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

काठमाडौँ उपत्यकामा आज १७ सय २ संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज १७ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology