
४ कात्तिक, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा आज थप ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ३ हजार ९३ जना संक्रमित थपिएको जानकारी दिएका छन् । अहिलेसम्म कुल एक लाख ३९ हजार १२९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ ।