
५ कात्तिक, बुटवल । बुटवल कोरोना बिशेष अस्पतालमा उपचारत थप एक जना महिलाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका ११ की ४७ वर्षीया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा गएराती १ बजेर १० मिनेट जादा मृत्यु भएको हो । उनी असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि स्वाश्प्रस्वास र ज्वरोको समस्या आएर भर्ना भएकी थिइन् ।
त्यस्तै बुधबार बिहान ५ बजे नै बुटवल उपमहानगर वडा नम्बर १७ का ८१ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
असोज २७ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनको ज्वरो, मधुमेह, प्रेसर र श्वासप्रश्वासको समस्या रहेको थियो ।