
५ कात्तिक, काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना पीडितलाई नि: शुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन् ।
डा. भट्टराईले समाजिक संजालमा टिप्पणी गर्दै सरकारको यो निर्णयले महामारी झन् विकराल बन्ने बताएका छन् ।
डा. भट्टराईले जनताको ज्यान जोगाउन अन्य सबै खर्च रोके हुन्छ भन्दै भ्रष्ट्राचार र फजुल रके पुग्ने बताए ।
उनले भनेका छन् –
‘कोरोना पीडितलाई नि:शुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो । यसले महामारी झन् विकराल बन्नेछ ! यो पैसाको अभावले हैन; जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ; भ्रष्टाचार/फजुलखर्च रोके पुग्छ । अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं; तर सबैलाई निशुल्क गरौं !’