विश्वभर एक करोड ५८ लाख संक्रमित निको भए


  • Jaynepalnews
  • आइतवार, भदौ ७, २०७७

काठमाडौं । विश्वमा कोरोना संक्रमितमध्ये ७५ प्रतिशत निको भइसकेका छन्। वल्डोमिटर्सका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ५९ हजार ६९० पुगेको छ भने यसमध्ये एक करोड ५८ लाख ९१ हजार ५०२ जना संक्रमणमुक्त भएका छन्।

६६ लाख ६० हजार ४८५ जना सक्रिय संक्रमित छन्। सबैभन्दा धेरै अमेरिकामा, ५८ लाख ४० हजार ८६९ जनामा संक्रमण देखिएको छ। अमेरिकामा ३१ लाख ४७ हजार ५८ जना संक्रमणमुक्त भइसकेका छन्। यसैगरी, ३५ लाख ८२ हजार ६९८ जनामा संक्रमण देखिएको ब्राजिलमा २७ लाख ९ हजार ६३८ जना स्ंक्रमणमुक्त भएका छन्। ३० लाख ४३ हजार ४३६ जनामा संक्रमण देखिएको भारतमा २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भएका वल्डोमिटर्सको तथ्यांमा उल्लेख छ। कोरोना संक्रमणबाट विश्वमा अहिलेसम्म ८ लाख ७ हजार ७०३ जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology