थप ५ हजार ७४३ जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • बुधबार, कार्तिक ५, २०७७

५ कात्तिक, काठमाडौं । नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना पुष्टि भएको छ । यो एकै सिन संक्रमित भएको अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ५ हजार ७४३ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

अहिलेसम्म कुल एक लाख ४४ हजार ८७२ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९ सय ९६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ९९ हजार ६०५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६८।७ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा २० हजार ११८ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १३ लाख ३४ हजार ८९७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार ६५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १४ हजार ६७६ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या २९ हजार ८०० जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ८७ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २६९ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

काठमाडौँ उपत्यकामा आज ३१ सय ७ संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज ३१ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २३ सय ९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology