नेपालमा कोरोनाबाट थप २६ जनाको मृत्यु


  • Jaynepalnews
  • बुधबार, कार्तिक ५, २०७७

५ कात्तिक, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।५४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा आज थप ५ हजार ७४३ जनामा कोरोना पुष्टि भएको छ । यो एकै सिन संक्रमित भएको अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ५ हजार ७४३ जना संक्रमित थपिएको जानकारी दिएका छन् । अहिलेसम्म कुल एक लाख ४४ हजार ८७२ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology