दलका नेताहरुलाई पूर्व राजाको यस्तो चेतावनी !


  • Jaynepalnews
  • बिहिबार, फाल्गुन ६, २०७७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति गर्नेहरूलाई चेतावनी दिनुभएको छ ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपाल जनता र राजाको सहमतिबाट खडा भएको बताउँदै यसको अस्तित्व रक्षा पनि सहमतिबाटमात्रै हुने बताउनुभयो । उहाँले यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएको उल्लेख गर्नुभयो ।

उहाँले मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेको भन्दै सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभएको छ ।

पूर्वराजा शाहले जनताको आस्था, चाहना र जनभावना अन्ततः अमर रहन्छ भन्दै यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न भन्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2021 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology