नेकपा र जसपाका सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश


  • Jaynepalnews
  • आइतवार, भदौ ७, २०७७

बाँके । बाँकेको नरैनापुरमा एक सय बढी स्थानीय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस नरैनापुरले शनिबार वडा नम्बर ३ मा कालाफाँटामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नरैनापुर गाउँपालिकाका विभिन्न वडाबाट विभिन्न पार्टी परित्याग गरी १ सय ३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

वडा नम्बर ३ का सभापति मेराज खाँको सभापतित्वमा भएको कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र स्वतन्त्रसमेत गरी उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस नेताहरु तप्त पौडेल, नारायण गौडेल, पोषण केसी, रामचन्द्र मौर्य, हुर्मत न्यौपाने, टेकनारायण भुषाल, डिल्ली गिरी,पुर्ण आचार्य, राजकुमार मौर्य लगायतले उनीहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology