
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले टुँडिखेलमा मानवसाङ्लाले घेराउ ग-यो । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोध गर्दै विहीबार टुँडिखेलमा मानव साङ्लो बनाएर विरोध गरेको हो।
गत पुस ५ गते सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनपश्चात् दुई समूहमा विभाजित नेकपा दाहाल–नेपाल समुह संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रुपमा भएको भन्दै निरन्तर रुपमा सडकमा आन्दोलनरत रहेको छ ।
दाहाल–नेपाल समूहले आज चौथो चरणको आन्दोलनअन्तर्गत टुँडिखेल घेराउ गरेका हुन् । जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म चल्नेछ।
गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको उक्त समूहले हिजोदेखि चौथो चरणको विरोधका कार्यक्रम सुरु गरेको हो। चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रम फागुन २१ गतेसम्म चल्नेछ।