आइपिएलमा सन्दीप लामिछानेलाई कसैले रोजेन


  • Jaynepalnews
  • बिहिबार, फाल्गुन ६, २०७७

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपिएल)–२०२१ को अक्सनमा ‘अनसोल्ड’ भएका छन् । चेन्नईमा जारी अक्सनमा कुनै पनि टोलीले किन्ने रुचि नराखेपछि सन्दीप अनसोल्ड भएका हुन् ।

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको थियो । अन्तिम समयमा कुनै टोलीले आग्रह गरेको खण्डमा सन्दीप फेरि अक्सनमा आउन सक्छन् । सन्दीपले यस अघिको तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । सन् २०१८ मा सन्दीपलाई दिल्लीले २० लाख भारुमा किनेको थियो । यस सिजन दिल्लीले उनलाई रिलिज गरेको हो ।

सन्दीपले दिल्लीबाट तीन सिजनमा ९ खेल खेल्दै १३ विकेट लिएका थिए । दुबईमा भएको अघिल्लो सिजन सन्दीपले पुरै समयमा बेन्चमा बिताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2021 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology