यस्तो नेपाली कांग्रेसको महाधिवेशनको नयाँ कार्यतालिका


  • Jaynepalnews
  • बिहिबार, फाल्गुन ६, २०७७

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ साल भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुँदैछ । कांग्रेस केन्द्रीय समितिले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । जुन यसप्रकार छ :

 

समायोजन, क्रियाशील सदस्यता वितरण र अधिवेशनका कार्यतालिका नयाँ प्रस्तावित मिति

(क) समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि– २०७७ फागुन १५ गतेभित्र ।

(ख) विधानले तोकेको कार्यविधि बमोजिम एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र जिल्ला कार्यसमितिले नवीकरणको कार्य सम्पन्न गर्ने अवधि— २०७७ फागुन २८ गतेभित्र ।
ड्ड वडा कार्यसमितिले पालिका कार्यसमितिलाई बुझाउने ः फागुन १२ गते भित्र ।

ड्ड पालिका कार्यसमितिले प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई बुझाउने ः फागुन १६ गते भित्र ।

ड्ड प्रदेश सभा क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई (एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिलाई) बुझाउनेः फागुन २० गते भित्र ।

ड्ड प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नवीकरणको फारम र सूची जिल्ला कार्यसमितिलाई बुझाउने ः फागुन २८ गते भित्र ।

(ग) (१) एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यता र एक वा एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि—
(२) एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा पठाउने अवधि— २०७७ चैत्र १० गते भित्र ।

(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनु पर्ने अवधि—   २०७७  चैत्र २५ गते भित्र ।

(ङ) नयाँ क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता नवीकरण सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि— २०७८ जेठ १७ गते भित्र ।

(च) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०७८ जेठ २४ गतेभित्र ।

अधिवेशन :
(क) गाउँ÷नगर वडा अधिवेशन–   २०७८ असार ५ गते
(ख) गाउँ÷नगरपालिका  अधिवेशन– २०७८ असार ७ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७८ श्रावण १ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ श्रावण ३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ श्रावण ६ गते
(च) प्रदेश अधिवेशन– २०७८ श्रावण १० र ११ गते
(छ) केन्द्रीय महाधिवेशन ः २०७८ भाद्र ७,८,९ र १० काठमाडौं

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2021 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology