
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न सक्ने बताएका छन् । पूर्व महामन्त्रीसमेत रहेका उनले अब आफू पार्टी र देश हाँक्नका लागि तम्तयार भएको पनि बताए ।
जयनेपाल न्यूजसँग कुरा गर्दै उनले भने, “म शेरबहादुरजीलाई सभापतिमा पराजित गर्न सक्छु । अब शेरबहादुरजीको नेतृत्वमा पार्टी चल्दैन, म नेपाली काँग्रेसलाई प्रभावशाली टिम दिनसक्छु ।” आफूले तल्लो तहदेखि राजनीतिमा सक्रिय भएकोले अनुभव समेत हासिल गरिसकेको उनको भनाई छ ।
देश र कांग्रेसले जिम्मेवार र प्रभावशाली नेतृत्व खोजिरहेको भन्दै उनले त्यसका लागि आफू सक्षम भएको र तयार पनि तयार पनि रहेको बताए । “अब सबैले छातिमा हात राखेर भन्नुपर्छ, उमेरले मात्र हुँदैन पार्टीलाई संस्थागत रुपमा चलाउन धेरै विषयहरुले काम गर्छ ,” नेता सिंहले भने ,“अब पार्टीलाई नयाँ र प्रभावशाली नेतृत्व दिन मेरो नेतृत्वमा टिम मिलाएर जानेमा सबैमा सहमति हुनसक्छ ।”नेपाली कांग्रेस शेरबहादुर देउवाबाट चल्दैन भन्ने निष्कर्षमा पुगेकाहरुको मिलनबिन्दु बनिसकेको पनि सिंहको भनाई छ ।