
एजेन्सी । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखबीच आज (आईतबार) राति प्रतिस्पर्धा हुदैछ । पोर्चुगलको लिस्बोनमा हुने फाईनल खेल नेपाली समय अनुसार राति पौन १ बजे सुरु हुनेछ । फ्रान्सेली क्लब पीएसजी पहिलो पटक र जर्मन क्लब बायर्न म्युनिख छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेका छन् । बायर्नका प्रशिक्षक हान्सी फिल्किले उत्साहपूर्ण सिजनलाई च्याम्पियन्स लिगको उपाधि सहित अन्त्य गर्न सबै चिज दिने बताएका छन् ।
जर्मन च्याम्पियन र कप विजेता बायर्न आईतबार राति पीएसजीबिरुद्ध शानदार जित सहित सिजनको सुखद समाप्त गर्ने योजनामा छ । बायर्नले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।