गाउँ पसेको चितुवा मारियो


  • Jaynepalnews
  • आइतवार, भदौ ७, २०७७

लमजुङ । बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आइतबार बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ। बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो।

थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो। भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ। मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ।

‘वन ऐनअनुरुप उहाँहरुले त्यसको व्यवस्थापन गर्नुहुनेछ’, प्रजिअ शर्माले भने। रासस

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology