‘कांग्रेसमा सबैको कमजोरी छ, सबै सुध्रनुपर्छ’


  • Jaynepalnews
  • आइतवार, भदौ ७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीभित्र एकले अर्कालाई दोषारोपण गरेर कम्युनिष्टसंग लड्न नसकिने बताएका छन् । जयनेपालन्यूजसंग कुराकानी गर्दै पूर्व अर्थराज्यमन्त्री समेत रहेका नेता राणाले पार्टी बलियो बनाउन सबैले संकल्प गर्नुपर्ने उल्लेख गरे ।
‘पार्टीभित्र सबैका आ–आफ्नै कमजोरी होलान् । एकले अर्कालाई कमजोर देखाउँदा पार्टी नै कमजोर भइसक्यो । अब कमजोरी सुधारौं । एकताबद्ध भएर अगाडी बढौं ।’, राणाले भने । पार्टीको १४ महाधिवेशनबाट कांग्रेसलाई गुट र व्यक्तिगत स्वार्थबाट मुक्त गराएर बलियो एकता प्रस्तुत गर्नुपर्ने राणाको भनाई छ ।
पार्टीका शीर्ष नेताहरुले संगै प्रजातन्त्रको लागि संघर्ष गरेको भन्दै राणाले एकले अर्काको अस्तित्व स्वीकारेर अघि बढेमा कार्यकर्ता खुसी हुने बताए । आसन्न महाधिवेशनबाट समयसन्दर्भ सुहाँउदो नीति बनाएर पार्टीलाई बहुमत दिलाउने कार्यक्रमहरु पारित गर्नुपर्ने राणाको भनाई छ । नेतृत्व चयन एक लोकतान्त्रिक अभ्यास रहेको भन्दै राणाले कांग्रेसको नेतृत्व कार्यकर्ताले छान्ने भएकाले जसको नेतृत्व आएपनि सबैले सहयोग गरेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology