नाटकीय ढंगले नेकपा विवाद समाधानतिर


  • Jaynepalnews
  • आइतवार, भदौ ७, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद नाटकीय ढंगबाट साम्य हुने देखिएको छ । पार्टी विभाजनसम्मको स्थितिमा पुगेको भएपनि चिनियाँ राजदूतको चलखेल सफल भएपछि नेकपा विवाद सुल्झिन लागेको हो । विवाद समाधानका लागि गठित कार्यदलले शनिबार प्रतिवेदन पार्टी अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको छ । विगतमा भएकै सहमतिका आधार नेकपा विवाद समाधान हुन लागेको हो । प्रधानमन्त्री ओलीले निरन्तरता पाउने र पार्टीको कार्यकारी अधिकार अध्यक्ष दाहालले सञ्चालन गर्नेगरी विवाद तत्कालका लागि समाधान गरिदैछ । अन्य नेताहरुलाई मिलाउन मन्त्रिपरिषद पुनर्गठनदेखि प्रदेश सरकार प्रमुख फेर्नेसम्मको तयारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology