राष्ट्रियता र लोकतन्त्रको पहरेदार– जयनेपालन्यूज


  • Jaynepalnews
  • आइतवार, भदौ ७, २०७७

‘जय नेपाल’ कुनै वादको उत्पादन होइन । ‘जय नेपाल’ कुनै दलको सर्वाधिकार होइन । ‘जय नेपाल’ त प्रजातन्त्रको विगुल फुक्दै गर्दा जनतालाई आह्वान गर्न बोलिएको आवाज हो । ‘जय नेपाल’ प्रजातन्त्र मागेवापत मृत्युदण्ड स्वीकारेका महान् शहिदहरुले बोलेको अन्तिम शब्द पनि हो । ‘जय नेपाल’ संकुचनको अभिव्यक्ति होइन, फराकिलो सोचको संवाहक हो । यसर्थ जनतासंग जोडिएको ‘जय नेपाल’ हाम्रा लागि प्रिय छ ।

७ दशक लामो राजनीतिक आन्दोलनले पनि जनतालाई खुसी दिन सकेको छैन । हरेक राजनीतिक परिवर्तन जनताका बलमा स्थापित भए । तर ती परिवर्तनको उपभोक्ता केही मुठ्ठीभर व्यक्तिहरु भए । राजनीतिक दलहरुप्रति आम जनताको गुनासो यथावत छ । यद्यपि राजनीति नै समग्र सुधारको साधन हो । यसर्थ राजनीतिलाई सही दिशामा हिडाउन र जनताप्रति राजनीतिक दल र नेतालाई जिम्मेवार बनाउन बलियो खबरदारी जरुरी देखिएको छ ।

सात दशक लामो राजनीतिक संघर्षले आम नेपाली जनतालाई के दियो रु अझैं कैयौ वर्ष अनुत्तरित भई बाँचिरहने छ यो प्रश्न । संकटमा जनतालाई साथ दिने भन्दा ‘मौका छोप्ने’ राजनीतिक प्रवृत्तिविरुद्ध मन्द गतिमै भएपनि विद्रोहको चेत बढ्दो छ । जनक्रान्ति,जनआन्दोलन होस् वा ‘जनयुद्ध’, बलिदानी त जनताकै भएको छ । देशका लागि बलिदान दिनेहरुको आवाज निभ्न नदिन, राष्ट्रियता र लोकतन्त्रको पक्षमा बलियो खबरदारीको महसुस सर्वत्र गर्न थालिएको छ ।

सिद्धान्तमा निष्पक्ष भनिएपनि पत्रकारिता यथार्थमा ‘पक्षपाती’ छ । हामी निष्पक्षताको दावी गर्दैनौ ।

‘राष्ट्रियता, लोकतन्त्र र जनताका सवालमा’ बलियो पक्षधरता नै हाम्रो पत्रकारिता हो ।

जय नेपाल न्यूज डटकमको पुनः संप्रेषण सुुरु गरेका छौं । यहाँहरुको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछौं ।  जय नेपाल !

–सम्पादक

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology