कोरोनाविरुद्ध संयम र दृढता साथ लडौं : सभापति देउवा


  • Jaynepalnews
  • आइतवार, भदौ ७, २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको सामना संयम, एकता र दृढता साथ गर्न सबैमा अपिल गरेका छन्। आइतबार एक अपिल सार्वजनिक गर्दै पूर्वप्रधानमनत्री समेत रहेका देउउवाले कोरोना महामारीका कारण उत्पन्न प्रतिकूल परिस्थिति सामना संयम र एकता साथ गर्न अपिल गरेका हुन्। उनले महामारी रोक्न लगाइएको लकडाउनका कारण जनजीवन थप कष्टकर बनेको बताएका छन्।

‘देशका कयौं भागमा लक डाउन र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको छ’, सभापति देउवाद्वारा जारी अपिलमा भनिएको छ, ‘कोरोना महामारीका कारण उत्पन्न यस्तो प्रतिकूल समयमा म समस्त दिदिबहिनी दाजुभाइलाई संयम र एकता साथ आजको परिस्थिति सामना गर्न हार्दिक अपिल गर्दछु।’

सभापति देउवाद्वारा जारी वक्तव्य – 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology