कोरोना रोकथाममा स्थानीय निकायको भूमिका महत्वपूर्ण : सांसद गगन थापा


  • Jaynepalnews
  • सोमवार, भदौ ८, २०७७

८ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले कोरना रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरका प्रमुखसहितका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

काठमाडौँमा कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा सांसद थापाले यसको रोकथाममा स्थानीय निकायको भूमिका महत्वपूर्ण रहेको भन्दै काठमाडौँ महानगरका मेयर विद्या सुन्दर शाक्यसहितका जनप्रतिनिधिहरुसँग छलफल गरेको बताएका छन् ।

सांसद थापाले काठमाडौँ महानगरलाई ६ बुँदे सुझाव समेत दिएका छन् । उनले काठमाडौँमा कोरोना रोकथामका लागि जनप्रतिनिधिहरुसँग समन्वय गर्न, कन्ट्रयाक्ट ट्रेसीङलाई प्रभावकारी बनाउन, परिक्षणको मात्रा बढाउन, अस्पतालको तयारी र राम्रो व्यवस्थापन गर्न, खाद्यान्नका पसल दिनभरी खोल्ने व्यवस्था मिलाउन, र कोरोना बारेका सूचना प्रभावकारी ढंगबाट दिन सुझाव दिएका छन् ।

साथै उनले महानगरको आवश्यक स्रोत र साधनको परिचालन गर्दै संरचनालाई गतिशील बनाउन आग्रह गरेका छन् ।

गगन थापाले महानगरलाई दिएका सुझाव :   

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology