विदेशबाट ल्याउने श्रमिकहरुलाई निःशुल्क क्वारेन्टिनको ब्यवस्था गर्न सांसद संग्रौलाको माग


  • Jaynepalnews
  • सोमवार, भदौ ८, २०७७

८ भदौ, काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले विदेशबाट ल्याउने श्रमिकहरुलाई निशुल्क ल्याउन माग गरेकी छन् । सांसद संग्रौलाले एक विज्ञप्ति जारी गर्दै सकेसम्म निःशुल्क, नसके कम शुल्कको उडानको ब्यवस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरी ७ दिनको लागि होटल बुकिङ गर्नैपर्ने सरकारको नयाँ निर्णय फिर्ता लिन माग गरेकी छन् ।
उनले होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निःशुल्क क्वारेन्टिनको ब्यवस्था गर्न समेत माग गरेकी छन् ।

साथै उनले श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्वोच्चको आदेश अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्न माग गरेकी छन् ।

सांसद संग्रौलाको विज्ञप्ति

कोरोनाको कहरले गर्दा देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको छ भने विप्रेषणद्वारा नेपालको अर्थतन्त्र निरहेका तर अहिले रोजगारी गुमाएका दशौँ हजार नेपालीहरु स्वदेश फर्कन कहिले पाइएला भनेर पर्खिरहेका छन् । महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ५० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ तर अझै पनि खाडी मुलुकहरु तथा मलेसियामा झन्डै ५ लाख नेपालीहरु देश फर्कन पर्खिरहेका छन् । तीमध्ये हजारौँ महिला, बेरोजगार तथा असक्त नेपालीहरु विमानको कट किन्न सक्ने स्थितिमा पनि छैनन् । यस्तो अवस्थामा ती नेपालीहरुलाई प्राथमिकताका आधारमा देश फिर्ता गर्नुपर्नेमा सरकारले चार्टर्ड विमानको महँगो टिकट काटेर घर फर्कन पर्खि रहेका नेपालीहरुलाई युएईमा छाडेर रित्तै विमान नेपाल फर्काउने जस्तो गैरजिम्मेवार काम गरेको छ । त्यस्तो कामका लागि जिम्मेवार अधिकारीहरुलाई तत्काल बर्खास्त गर्न म माग गर्दछु ।

नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै मैले सम्माननीय प्रधानमन्त्री तथा माननीय श्रम मन्त्रीको पटक पटक ध्यानाकर्षण गराएकी छु । त्यस्तै प्रतिनिधिसभामा हामीहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौँ भने पटक पटक यो विषयलाई जोडदार रुपमा उठाउँदै आएका थियौँ । तर सत्तारुढ दलको आन्तरिक झगडाका बीच संसद् बैठक हठात अन्त्य गर्ने सरकारको अत्यन्त गैरजिम्मेवार कदमको म निन्दा गर्दछु ।

कोरोनाको महामारीबाट गुज्रिरहेको अवस्थामा महिलामाथि अनेकौँ समस्याहरु थुप्रेका छन् । एकातर्फ हिंसाको सिकार महिला हुन पुगेका छन् भने अर्कोतर्फ रोजगारी नहुँदा घरको चुलोमा आगो बल्न नसक्ने अवस्था आएको छ । त्यसैले आर्थिक आयआर्जन र सुरक्षाको प्रभावकारिताका साथै महिला सशक्तीकरणका लागि विशेष कार्यक्रमहरु ल्याउन आवश्यक छ ।

विदेशमा रहेका श्रमिकहरुलाई स्वदेश फिर्ता ल्याउने लगायतका काम तत्काल सम्पन्न गर्न नेपाल सरकारसँग निम्नअनुसार आग्रह गर्दछु ।

१० कोरोना महामारीका कारण काम गुमाएर लामो समयदेखि खानाका लागि पनि अरुको राहतको आशामा बसेका श्रमिकहरुको पहिचान गरि तत्काल निशुल्क उद्धार गरियोस् ।

२० श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्वोच्चको आदेश अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस् ।

३० विदेशमा समस्यामा परि फर्किनै पर्ने अवस्थाका हजारौं श्रमिक दाजुभाइ(दिदिबहिनिहरुलाई सिघ्र स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको ब्यवस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरी ७ दिनको लागि होटल बुकिङ गर्नैपर्ने सरकारको नयाँ निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निःशुल्क क्वारेन्टिनको ब्यवस्था गरियोस् ।

४० विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरी देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार ब्यापार र ब्यवसाय गर्नेहरुलाई सरकारले कम ब्याजदरमा सुलभ ऋण र अनुदानको ब्यवस्था गरियोस् ।

५० अहिले कोरोना संकटभन्दा पहिले नै दुखद निधन भएका सत्तरीभन्दा बढी नेपालीहरुका शव विदेशमा अलपत्र छन् । उनीहरुका परिवार, आफन्त “कि सास देउ, कि लास देउ” भनेर पर्खि रहेका छन् । उनीहरुको शव यथाशिघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाइयोस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology