फ्रन्टलाईनमा काम गरिरहेकामाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न तरुण दलको माग


  • Jaynepalnews
  • सोमवार, भदौ ८, २०७७

८ भदौ, काठमाडौं । नेपाल तरुण दलले कोरोना भाइरस संक्रमणविरुद्ध फ्रन्टलाईनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

तरुण दलले सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीमामाथि दुर्व्यवहार र आक्रमणका घटना भइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘विगत केहि दिन देखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगाएत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदाय प्रति हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमण प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस कारवाहीको दायरामा ल्याउन र अग्रपंङतीमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ।’

तरुण दलले कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति सम्मान प्रकट गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमा िभइरहेका दुर्व्यवहारका घटनाप्रति दुख व्यक्त गर्दै उनीहरुको मनोबल घटाउने काम नगर्न सबै पक्षसँग अपील गरेका थिए।

No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2021 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology