पहिरोले घर पुरिदा एक जनाको मृत्यु


  • Jaynepalnews
  • मङ्लबार, भदौ ९, २०७७

बागलुङ । अविरल बर्षापछिको पहिरोले घर पुर्दा बागलुङमा एक युवतीको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकस्थित कली परियारको १९ वर्षीया छोरी पुजाको ज्यान गएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका बेला राति १२ बजेतिर खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको वडा अध्यक्ष युवराज महतले जानकारी दिए ।

परियारका घरका अन्य सदस्य भने अर्कै घरमा सुतेका कारण ज्यान जोगिएको महतले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology