
९ भदौ, काठमाडौ । कोरोनाका कारण काठमाडौँ महानगरपालिका वडा २१ का कांग्रेस उम्मेद्वार गोविन्द रञ्जितको निधन भएको छ।
वडा २१ कांग्रेस कार्यसमिति सभापतिसमेत रहेका रञ्जितको मंगलबार बिहान कोरोना संक्रमणका कारण निधन भएको काठमाडौँ कांग्रेसका सचिव राजकुमार नकर्मीले जानकारी दिए।
उनी २०७४ सालमा भएको स्थानीय तहको चुनावमा कांग्रेसका तर्फबाट वडा अध्यक्षको प्रत्यासी थिए।
संक्रमणका कारण उनको केही दिनदेखि अवस्था चिन्ताजनक थियो।