ओली र प्रचण्डबीच प्रतिवेदनमाथि २ घण्टा छलफल


  • Jaynepalnews
  • मङ्लबार, भदौ ९, २०७७

९ भदौ, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न गठित कार्यदलले बुझायेको प्रतिवेदनमाथि दुवै अध्यक्षले छलफल गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब २ घण्टा प्रतिवेदनमाथि छलफल भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दुवै अध्यक्षबीच करिब २ घण्टा छलफल भएको र भदौ १३ गते सचिवालय बैठक बोलाउने सहमति भएको जानकारी दिएका छन् । साथै सचिवालयको बैठकको एजेन्डा कार्यदलको प्रतिवेदन हुने उनले जानकारी दिएका छन् ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेको कार्यदलले भदौ ६ गते दुवै अध्यक्षलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

दुवै अध्यक्षले श्रावण ३० गते गठन गरेको ६ सदस्यीय कार्यदललाई भदौ १ गते बसेको सचिवालय बैठकले अनुमोदन गरेर कार्यादेश दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology