
९ भदौ, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा आफ्नो दृष्टिकोण यथावत रहेको बताएका छन् ।
नेकपामा एमसीसी पारित गर्न रावलले सहमति गरेको भन्ने समाचार प्रकाशित भएपछि नेता रावल स्पष्ट गरेका हुन् ।
रावलले एमसीसी अनुमोदन गर्न सहमति जनायो भन्ने समाचार गलत र दुराशायपूर्ण रहेको बताएका छन् ।
एमसीसीबारे नेकपाको कार्यदलको प्रतिवेदनमा पनि नेपालको हित र कानुन विपरित सम्झौताका प्रावधान परिमार्जन र संशोधन गरेर मात्र अनुमोदन गर्न मिल्ने भने आफ्नो धारणा रहेको र त्यसमा कायम रहेको बताएका छन् । उनले प्रतिवेदनमा समेत सोहि कुरा रहेको बताएका छन् ।
साथै नेता रावलले यस्तो तथ्य नाबंग्याउन आग्रह समेत गरेका छन् ।
उनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधिनता, अखण्डता र स्वाभिमान विपरित कसैसंग सम्झौता हुनसक्ने बताएका छन् ।