चितवन मेडिकल कलेजमा १२५ नमुना परिक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ देखिए


  • Jaynepalnews
  • मङ्लबार, भदौ ९, २०७७

९ भदौ, चितवन । चितवनको चितवन मेडिकल कलेजको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।

भदौ ८ गते कलेजमा गरिएको १२५ नमुना परिक्षणमा ३१ जनाको पोजेटिभ आएको जानकारी दिएको छ ।

कलेजले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा चितवनका २१ जना, मकवानपुरका एक जना, नवलपुरका ३ जान, रोल्पाका ३ जना, गोरखाका २ जना र पर्साका एक जना रहेका छन् ।

संक्रमित मध्ये भरतपुर महानगरको वडा नम्बर १, २, ३, ७, १०, ११, १२, २६ र २९ का १७ जना रहेका छन् भने चितवनको रत्ननगर वडा नम्बर १० र १५ का २ जना, राप्तीको वडा नम्बर ८ का एक जना र खैरहनीको वडा नम्बर ६ का एक जना रहेका छन् ।

यस अघि आजै भरतपुर अस्पतालको प्रयोगशालामा १७ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology