
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई चोख्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगनै लागेको बताएका छन् । सोमबार आफ्नो फेसबुकवालमा लेख्दै उनले ७० करोड कमिसन ( घुस) मागेको आरोपमा मन्त्रि पदबाट च्यूत भएका बास्कोटालाई चोख्याउन अख्तियारनै नै मरिमेटी लागिपरेको बताएका हुन् ।
बास्कोटाले प्रष्ट बुझिने गरि ७० करोड कमिसन मागेको बोलेको भिडियो सहितको प्रमाण पेश गरि अनुसन्धान अगाडी बढाउन अदुअआमा निवेदन दर्ता भए पनि अख्तियारले तोकेको अनुसन्धान अधिकृतले बाँस्कोटाले घूस लिएको वा लिने प्रयास गरेको भन्ने आरोप पुष्टि नहुने भनी बास्कोटा अनुकुल प्रतिवेदन तयार गरेको र सो मुद्दा गुपचुप तामेलीमा पठाउने तयारी गर्नुले प्रधानमन्त्री केपी ओलीकोसमेत यसमा मिलेमतो रहेको उनको धनाई छ ।
२०७६ फागुन दोस्रो साता आयोगमा बाँस्कोटा लगायत प्रधानमन्त्री ओली सहित तत्कालीन सञ्चार सचिव महेन्द्र गुरुङ, सेक्युरिटी प्रेस केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध उजुरी परेको उल्लेख गर्दै नेता रायमाझीले प्रश्न गरेका छन्, “ अब के अख्तियारमा पनि नेकपा स्थायी समिति सदस्यलाई नियुक्ति गर्ने अनि नेकपा नेता कार्यकताहरू मुक्ति दिने काम गर्नु बेस होला कसो ?”
प्रतिक्रिया
सम्बन्धित समाचार