मंगलादेवी सिंहलाई नेपालरत्न दिइनुपर्छ : जोशी


  • Jaynepalnews
  • बिहिबार, भदौ ११, २०७७

काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नेपाली महिला आन्दोलनकी अगुवा नेतृ एवं नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहलाई नेपाल रत्नबाट विभूषित गर्न माग गरेको छ । प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले एक वक्तव्य जारी गर्दै नेपालका महिलालाई राजनीतिक सामाजिक अधिकार दिलाउन स्वर्गिय मंगलादेवी सिंहले गर्नुभएको योगदना अतुलनीय रहेको भन्दै राज्यले उचित सम्मान दिनुपर्ने बताएका छन् ।

प्रतिष्ठानद्वारा जारी वक्तव्य:

नेपालमा प्रजातन्त्र स्थापनार्थ तथा नेपाली महिलाको हक, अधिकारको निमित्त गरिएका आन्दोलनमा स्व. मंगलादेवी सिंहको योगदान अतुलनीय रहेको सवैलाई विदित भएको कुरा हो । महिलाहरुलाई घरभित्रको कामकाजमा सिमित गरी शिक्षा, स्वास्थ्य, स्वनिर्णय जस्ता आधारभूत मानव अधिकारबाट समेत वंचित गर्ने सामाजिक प्रचलन रहेको र राजनीतिमा महिला सहभागीता लगभग शून्य रहेको समयमा महिलाले भोट हाल्न र पढ्न पाउनु पर्ने अधिकारका लागि आवाज उठाउने विरङ्गाना मंगला मा नेपाली महिला अधिकार आन्दोलनकी रत्न हुनु हुन्छ भन्ने कुरामा कुनै दुई मत छैन । काठामाण्डौको सम्पन्न परिवारकी छोरी र बुहारी हुँदा हुँदै पनि प्रजातन्त्र र नारी स्वतन्त्रताको निमित्त उहाँले खेप्नु भएको दुःख कष्ट सबैको लागि प्रेरणादायी रहेको छ ।

२००७ सालको क्रान्ती देखि २०४६ सालको जनआन्दोलन सम्म उहाँको अविच्छिन्न प्रेरणादायी भूमिका रह्यो । नारी पुरुष एक अर्काको पुरक हुन्, नारी स्वतन्त्रता भनेको घर गृहस्थी बिगार्नु होईन बरु यो त कर्तब्य बोध पनि हो, महिलाले स्वतन्त्र रुपले व्यक्तित्व विकास गर्ने अवसर पाउनु पर्दछ भन्ने मान्यता राख्ने मंगला मा नेपाल महिला संघको पहिलो अध्ययक्ष हुनु हुन्छ । रुढिवादमा पिल्सीएको सामाजिक परिवेशमा नारी आन्दोलनको ज्वाला बाल्नु स्व. सिंह जस्तो दृढ निस्चयी नेतृलाई मात्र सम्भव थियो । महिला संघको नेतृत्वमा भएका आन्दोलनको फलस्वरुप नै अहिले संविधानमा महिला हक अधिकारका कुरा लिपिबद्ध हुन सकेका छन् । मंगलादेवी सिंहले विवाह भएको चार महिनामा नै आफ्ना पतिलाई जन्मकैद भएको बज्रपात सहनु भएको थियो । तर सो घटानाले उहाँलाई हतास बनाएन र उहाँ विद्रोही आन्दोलनमा सक्रियताका साथ लाग्नु भयो । दृढ निस्चयी, अविचल, नेपाली महिला आन्दोलनकी प्रणेता, प्रजातन्त्री आन्दोलनकी अग्रणी सिपाही मंगला मा नेपाली महिला र प्रजातन्त्र प्रेमी आम नागरिककी प्रेरणाकी श्रोत हुनु हुन्छ । प्रजातन्त्र र महिला स्वतन्त्राको लागि उहाँको योगदानको उचित कदर हुनु वाँछनीय छ । अतः यस गणेशमान सिंह अध्ययन प्रतिष्ठान मंगलादेवी सिंहलाई नेपाल रत्न बाट शुसोभित गर्नु राज्य र आम नागरिकको पनि दायीत्व हो भनि ठहर गर्दछ ।

जय नेपाल !

नविन्द्रराज जोशी

अध्यक्ष,

गणेशमान सिंह अध्ययन प्रतिष्ठान

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology