
११ भदौ, बुटवल । रुपन्देहीमा कोरोनाबाट ७० बर्षिय महिलाको विहिबार मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आइसीयुमा उपचारत तिलोत्तमा नगरपालिकाको वडा नम्बर २ जानकीनगर निवासी ७० बर्षिय महिलाको विहिबार बिहान १०:३० बजे मृत्यु भएको हो ।
अस्पतालले दिएको जानकारी अनुसार ति महिलालाई श्रावण २६ गते कोरोना पोजेटिभ देखिएपछि श्रावण ३१ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो भने उनी दिर्घ रोगी, प्रेसर र थाइराइडले ग्रसित रहेको अस्पतालले बताएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहदा आज विहान अवस्था जटिल बनेको र विहान १० : ३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
बुटवल कोरोना अस्पतालमा गएराती मात्र कपिलवस्तुका ५० बर्षिय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको थियो ।